ऋषिदेव समुदायका लागि विराटनगरमा एकीकृत बस्ती निर्माण सुरु

विराटनगर - मोरङको विराटनगरमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माण सुरु गरिएको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु गरिएको हो ।
विराटनगरा महानगरपालिकाका सामाजिक विकास अधिकृत पुनम दाहालले महानगरपालिका–१२, मनलवा टोलमा निर्माण हुने बस्ती ३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिने बताए । महानगरले प्रदान गर्ने १ करोडमध्ये ९० लाख रूपैयाँ नगद १० लाख श्रमदानका रूपमा जुट्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुसार काम सुरु भएको हो।
बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख सचेतक कार्कीले योजनाअनुरूप १ सय ४५ वटा घर निर्माण हुने जानकारी दिए । सम्पन्न बस्तीका नाममा निर्माण सुरु भएको जानकारी दिँदै कार्कीले बस्ती क्षेत्रमा शिक्षा, स्वास्थ्य, विद्युत्, बाटो, खानेपानीलगायत आधारभूत पूर्वाधारसमेत निर्माण गरिने उल्लेख गरे ।
सुकुम्बासी र अर्काको जमिनमा माटोको घर बनाएर बस्दै आएका ऋषिदेवलाई बस्ती निर्माणपछि सहज हुने उनको भनाइ छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया