जसपा फुटेको छैन, ओली प्रतिगमनका केही मतियारहरू छुट्टिएका मात्रै हुन् : उपेन्द्र यादव

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
जसपाको सात वटै प्रदेशमा आव्हान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले भने, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं ।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर जस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले पतन भएको अध्यक्ष यादवले बताए । ‘लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए । तर त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो,’उनले भने । संविधान संशोधनको लागि सहकार्य गरेको बताउँदै उनले संशोधन नगर्ने नियत बुझेपछि ओलीसँगको सहकार्य अन्त्य गरेको बताए ।
‘ओलीको तानशाही सपना चकनाचूर पारेर संघीय लोकतान्तिक गणतन्त्रलाई दिगो बनाउने काम जसपाले गरेको छ । यो ओलीकै लागि पनि फाइदाको कुरा हो । उनको सांसद पद सुरक्षित छ,’अध्यक्ष यादवले भने ।
केही बेइमानहरूले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै टाङ्गमुनि छिर्ने काम गरेको टिप्पणी उनको थियो । उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए । हिजो पनि उनीहरुको दाउँ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ ।’
उनले महन्थलाई प्रधानमन्त्री बनाउँछु भनेपछि माने पनि महन्थ आफै हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भागेको आरोप लगाए । अरुको इशारामा ओली पथमा लाग्दा अहिले महन्थको बेहाल भएको उनको भनाइ थियो । निर्वाचन आयोगमा गुट दर्ता गर्न पुगेका ठाकुर समूहबाट मधेसको मुद्दा पार लाग्छ भन्नू भ्रम सिवाय अरु हुन नसक्ने यादवले बताए ।
जसपा अध्यक्ष यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसावले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहू बाटोमै छोडिएका बताए । पूर्व राजपाका ९०% नेता कार्यकर्ता आज पनि जसपामै रहेको उनको भनाइ थियो ।
‘८०% केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन् । रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन,' यादवले भने ।
कार्यक्रममा जसपा वरिष्ठ नेता अशोक कुमार राईले नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएकोले जनता समाजवादी पार्टीले नेपाली राजनीतिलाई केलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
राईले भने, ‘हिन्द-प्रशान्त रणनीतिको ज्वाराभाटले हामीलाई छुनेवाला छ । नेपालमा सहज राजनीति हुने छैन । नेपाली राजनीति अहिले फुकीफुकी पाइला चाल्नु पर्ने अवस्थाबाट गुज्रिरहेको छ ।'
प्रतिगामी ओली कदमसँग आमनेसामने हुँदै आउँदा ओली प्रवृत्तिको पतन भएको भन्दै उनले नयाँ सरकार र नयाँ प्रवृत्तिको जन्म भएको छ, अब यसलाई अगाडि लिएर जाने जिम्मेवारी जसपाको काँधमा आएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया