शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

काठमाण्डौ : राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका-१स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै आयोगले व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद प्रकट गरेको हो ।
‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना विचारप्रति असहमति राख्नेप्रति असहिष्णु भइ हत्या, हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयाेग प्रतिबन्धित नेकपालाई आग्रह गर्दछ ।’
घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रहसमेत गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले मंगलबार बिहान प्रधानाध्यापक श्रेष्ठको विभत्स हत्या गरेको थियो । नेकपाले उक्त हत्याको जिम्मा पनि लिइसकेको छ ।

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_iDAjr7z9Ua_fdht0scosoc3itfuedjqj5gpktcxyoz24jjmbj3vrs1nxkohxd8uulr6ecl2.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

प्रतिक्रिया