शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

अन्जन श्रेष्ठ बन्ने भए धितोपत्र बोर्डको सञ्चालक

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले धितोपत्र बोर्डको सञ्चालकमा महासंघको तर्फबाट (वस्तुगत) उपाध्यक्ष अञ्जन श्रेष्ठलाई पठाउने भएको छ । 
महासंघका अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यव्यस्ततताले राजीनामा दिएकाले श्रेष्ठलाई सिफारिश गर्न लागिएको बताए ।

ढकालको राजीनासँगै श्रेष्ठको सिफारिश बोर्डको सञ्चालक समितिमा पठाउन लागिएको महासंघले जनाएको छ । यसअघि गोल्छा वरिष्ठ उपाध्यक्ष हुँदा उनी महासंघका तर्फबाट बोर्डको सञ्चालक थिए । 

बोर्डको सञ्चालक हुन लागेका श्रेष्ठले यसअघि महासंघको औद्योगिक समितिको सभापति छँदा विशेष आर्थिक क्षेत्र प्राधिकरणको सञ्चालक समितिमा रहेर काम गरिसकेका छन् ।