शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

छिमेकको राजनीतिलाई भारतले नजिकबाट नियाल्छ तर हस्तक्षेप कहिल्यै गर्दैन : चौथाइवाले

काठमाडौँ - छिमेकी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)ले नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियाल्ने तर कहिल्यै हस्तक्षेप नगर्ने नीतिलाई नै निरन्तरता दिएको स्पष्ट पारेको छ । नेपालको चार दिने भ्रमणमा रहेका बीजेपी विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले त्यस्तो धारणा सबैजसो राजनीति दलका नेतृत्वसमक्ष व्यक्त गरेका हुन् । 

आइतबार नेपाल आएका उनी राजनीतिक दलहरूसँग छुट्टा छुट्टै भेटमा व्यस्त रहे । उनलाई आएकै दिन प्रधानमन्त्री पत्‍नी आरजू देउवाले राखीसमेत बाँधेको तस्बिर भाइरल भएको थियो । त्यसलाई नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरिएको छ । सम्बन्ध औपचारिक (सरकारी तह)मात्र होइन अनौपचारिक (जनस्तर/सास्कृतिक) रहेको भान पार्न खाेजिएकाे छ । 

उनले भेटेका एक नेताका अनुसार चौथाईवालले नेपाली नेतृत्वसँग गुनासो गर्दै भनेका थिए, ‘सबै प्रकारको भेटघाटमा नेपालको राजनीतिसँग भारत जोडिएको देख्दा आफूहरूलाई नरमाइलो लाग्छ ।’ कूटनीतिक प्रशासन हुन या राजनीतिक नेतृत्व नेपालप्रति सबैको सदभाव छ र सबै शान्त नै रहेका छन् तर पनि काठमाडौँमा केही भयो कि भारतकाे भूमिका देखाउने गरिएकाे भन्दै भारत त्यसमा पर्न नचाहेको बताए । 

नेपालका नेताहरूले आफ्नो कमजोरी छोप्‍न भारततर्फ औँला देखाउने वा उसैले गराएको हो भन्ने नीतिप्रति उनले सबैजसाे भेटमा कटाक्ष गरेका थिए । नेपालमा भारतलाई झोस्‍ने आन्तरिक नीति नबनाउन उनले नेताहरूलाई आग्रह नै गरेका छन् ।

‘नेपाल र भारतको सम्बन्ध आफैँमा निकै सुमधुर छ । जनस्तरमा झनै सुमधुर छ । तर राजनीतिक विषयले यसलाई बेला-बेलामा धुमिल बनाउने प्रयत्‍न भएको देखिन्छ,’ चौथाईवालले गरेको संवादलाई उद्धृत गर्दै एक नेताले भने, ‘आगामी दिनमा त्यस्तो हुन नदिन हामी सहकार्य गरेर अघि बढ्न आवश्यक छ । झन् राजनीतिक नेतृत्व यसमा सचेत रहनुपर्छ । पार्टी पार्टी सम्बन्ध थप विस्तार र मजबुत बनाउन आवश्यक छ ।’

भारतले आफ्नो छिमेकलाई 'इन्गेज' गर्ने नीति अख्तियार गरिरहेको भनिरहँदा चौथाइवालेले त्यस्तो बताएका हुन् । काठमाडौँमा रहेको भारतीय दूतावास अन्य समयमा भन्दा अहिले शान्त नै देखिन्छ । राजनीतिक नेतृत्वलाई भेटघाट गर्ने भन्दा पनि विकास निर्माणको काममा दूतावास बढी सक्रिय छ । चौथाइवालेको विषयलाई यो धारणाले बढी बल पुर्‍याएको पनि ती नेताले बताए । 

चौथाइवालेले यस्तो चिन्ता व्यक्त गरेपनि यहाँको परिवर्तन र गडबडको संयोग नै त्यस्तै परेको छ । माधवकुमार नेपालको नेतृत्व भनौ‌ं या महन्थ  ठाकुर समूहको भनौं अर्को दल दर्ता भएको छ । दल दर्ता हुँदै  गर्दा चौथाइवाले काठमाडौँमा नै छन् । त्यस्तै रिसर्च एन्ड एनालिसिस विङ ‘रअ’का प्रखुम सामन्त गोयल आएर तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग राति भेट गरेका थिए । त्यसपछि यहाँ भएको परिवर्तनलगायतले पनि भारतमाथि शंका गर्ने स्थान छ । 

दल फुट र दर्ताको संघारमा रहिरहँदा बीजेपी नेता यही रहँदा श‌ंका बढाएको छ । कूटनीतिमा उपस्थितिको महत्व ठूलो हुन्छ त्यो कुरा बीजेपीले थाहा नपाउने भन्ने त होइन तर त्यसतर्फ कुनै चासो नदिएर उनीहरूले आफ्नो तवरले यो प्रकारको भेटघाट गर्ने अनि भारतलाई दोष थुपारेको भन्ने कुरा खासै तालमेल खाँदैन । 

यसैले भन्न सकिन्छ, यहाँको राजनीतिक परिवर्तनमा भारतलाई दोष आउनुको कारण भारत आफैँ हो । यहाँका कतिपय तटस्थ नेताहरूको धारणा पनि त्यस्तै छ । भारतले खोप सहयोग गरेर वाहवाही कमायो तर पछि खरिद गरेको खोपको दोस्रो लट नपठाएर जेष्ठ नागरिकको गाली भारतले खायो । लामो समय पर्खेर अहिले जापानले पठाएको अस्ट्राजेनेका खोप लगाए । यस्तो सामान्य विषयमा भारत चुक्न पुग्छ अनि नेपालमा भारत विरोधी भावना विस्तार हुन्छ । 

यस्ता विषयलाई राजनीतिक नेतृत्वले भारतको नेतृत्वसँग राख्‍न पनि सक्दैन र राखेको जानकारी पनि छैन । जब थैली नै चुहिन थालिसकेको छ भने मुख मात्र कसेर हुँदैन । त्यही थैली कस्‍ने काम भएकाले नै यहाँ जे गरे पनि भारतले नै गरेको भन्ने भ्रम पर्न गएको छ । 

त्यसलाई चिर्न यो तवरको भ्रमणको आवश्यक छ । तर छद्म होइन खुला छलफल हुनुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटका वीजेपी नेता हुन् चौथाइवाले । तर उनी यहाँ आउने कुरा दूतावासले जानकारी दिन आवश्यक थियो । विदेशी प्रतिनिधि आएर सिधै प्रधानमन्त्री कार्यालय जाने कार्यक्रम छ भने प्रधानमन्त्रीको कार्यालयले पनि यसको जानकारी दिन आवश्यक हो । प्रधानमन्त्री नागरिकप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्रीले गर्ने हरेक राजनीतिक कृयाकलाप खुला हुनुपर्छ । जब प्रधामन्त्री हुन्छन् उनी एक दल वा एक समूहको हुँदैनन उनी मुलुकभरका सारा नेपालीको हुन्छन । 

त्यही विषयमा ध्यान दिन आवश्यक छ दुवै तर्फबाट । भारतले पनि अवस्था हेरेर मात्र भ्रमण गराउनुपर्छ । नेपालले पनि थाहा पाउलान् कि झै गरेर एक व्यक्तिले निम्ता गरेर होइन । पार्टीले बकाइदा निम्ता गरेर बोलाउन सकिन्छ । विदेश विभागको इन्चार्जलाई बोलाउन त्यही विभागको प्रमुख नै सक्रिय हुनुपर्छ । यो भ्रमण आवश्यक थियो तर यो भ्रमण गराउने प्रक्रिया र दिइएको सन्देश खासै वजनदार हुन सकेको देखिँदैन । यसले नेपाल भारत सम्बन्धलाई खार्न खासै मद्दत पुगेको देख्दिन । त्यसैले यो भ्रमणलाई भारतीय सत्तारुढ दललले यहाँको सत्तारुढको नाडी छाम्‍ने काम गर्नेबाहेक अन्य कुनै सरोकार छैन । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता