माधवसहितका ५४ नेताको हस्ताक्षर प्रमाणीकरण

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ । निर्वाचन आयोगले तोकेको समयसिमा अनुसार बुधवार निर्वाचन आयोग गएकामध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन ।
आयोगमा गत साता बुझाएको सूचीमा हस्ताक्षर गरेका नेताहरूमध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन् । नेकपा एमाले विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन । सुरुको सूचीमा हस्ताक्षर नगरेका कारण उनीहरूले हस्ताक्षर गर्न नपाएका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया