पार्टी कार्यालयमै रिले अनसन बस्दै कांग्रेस जिल्ला सभापतिहरू

काठमाडौँ - नेपाली कांग्रसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले आजदेखि रिले अनसनमा सुरु गर्ने भएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्नेलगायत माग राखेर मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका उनीहरूले आजबाट रिले अनसन सुरु गर्ने भएका हुन् ।
तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन आज काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका जगदीश्वर नरसिंह केसी र धदिङका रमेश धमला अनसन बस्न लागेको सिन्धुपाल्चोकका जिल्ला सभापति विकाश लामाले जानकारी दिए । उनकाअनुसार उनीहरू २४ घण्टा बसेपछि अन्य जिल्लाका तीन जना बस्नेछन् ।
मंगलबार धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरू शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापालगायतले ऐक्यबद्धता जनाएका थिए । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति तोकिएको छ । सोही कार्यक्रमअन्तरगत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया