चाक्सीबारीमा कांग्रेस संस्थापनइतरका नेताहरूको छलफल

काठमाडौँ - नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरू छलफलमा जुटेका छन् । प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बिहानै नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शशांक कोइराला, नेता सिंह र अर्जुननरसिंह केसीलगायतका नेताहरू सहभागी छन् ।
महाधिवेशन केन्द्रित छलफलमा नेताहरू जुटेको सिंहका प्रेस सहयोगि यूपी लामिछानेले जानकारी दिए । उनकाअनुसा भदौ १८ बाट सुरु हुने वडा अधिवेशन, क्रियाशील सदस्यता र जिल्ला सभापतिहरूले सुरु गरेको धर्नाका विषयमा कुराकानी हुनेछ ।
केही दिनअगाडि पौडेल पक्षले बत्तिसपुतलीमा छलफल गरेर आफ्ना तर्फबाट भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गर्ने सहमित गरेको थियो । तर, आजको छलफल भने भिन्नै भएको लामिछानेले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया