मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

माओवादी स्कुल विभागमा दाहाल, प्रवक्तामा महरा, संगठनमा शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई दिएको छ । ओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा महरालाई पार्टी प्रवक्ताको जिम्‍मेवारी महरालाई दिएको उल्लेख छ ।

तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गर्दा प्रवक्ताको जिम्‍मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको थियो । माओवादी र एमाले छुटिएपछि पनि प्रवक्ताको जिम्‍मेवारी श्रेष्ठलाई नै थियो । त्यसअघि प्रवक्तामा पम्फा भुसाल थिइन् ।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्कुल विभाग इञ्चार्ज भएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवास समिति इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ । 

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा छन् ।

त्यस्तै स्वास्थ्य विभागमा कल्पना धमला, सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन् भने नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् भने वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख रहेका छन् ।

र, यो पनि