मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्‍मेलन गर्दै

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्‍मेलन गर्ने भएका छन् । स्थायी कमिटी बैठकका निर्णयबारे स्पष्ट गर्न तथा समसामयिक विषयमा प्रकाश पार्न विशेष पत्रकार सम्‍मेलन आयोजना गरिएको केन्‍द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनकाअनुसार पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा हुने पत्रकार सम्मेलन तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा हुने उनले बताए । 

हिजो एमाले स्थायी समिति बैठक बसेको थियो । बैठकले एमालेका सबै कमिटीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको थियो । जुन बैठकमा लामो समयदेखि माधव नेपाल पक्षमा रहेको तेस्रो धारका नेताहरू पनि सहभागी थिए ।