मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

धान गोडिरहेका प्रेममाथि झम्टियो बाघ

फाइल फोटो

चितवन - चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीय ५५ वर्षीय प्रेमबहादुर विक घाइते प्रहरीले जनाएको छ ।

दिउँसो धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गर्दा घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको छ । चितवनका आसपासका स्थानीय बासिन्दामाथि बाघले आक्रमण गर्ने गरेको छ ।