कास्कीमा दुर्घटनामा परी दुई जनाको मृत्यु, एक बेपत्ता

पोखरा - कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो । छतको टिन मर्मत गर्ने क्रममा अचानक खसेर घाइते भएका उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराको नागढुङ्गामा ग २० प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा–१७ विरौटा बस्ने १९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार बिहान पोखरा–२६ कालिकाचोकस्थित नहरले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । सोलुखुम्बु घर भई हाल पोखरा–२६ बूढीबजार बस्ने ११ वर्षीया दीपशिका भुजेल खेल्ने क्रममा अचानक नहरमा खस्दा बेपत्ता भएकी हुन् । उनको खोजी कार्यलाई तीव्रता दिएको प्रहरीको भनाइ छ । रासस

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया