रौतहटका एसपी शाहलाई जिम्मेवारीबाट हटाउने तयारी

काठमाडौँ - प्रहरी प्रधान कार्यालय, नक्सालले रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । गत साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरका अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो । जसको लागि छानबिन समिति समेत गठन भइसकेको छ । एसएसपी कृष्ण महतको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा कानुनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् ।
तर, सीसीटीभी फुटेजमा प्रहरीका कर्मचारीले नै लागुऔषध राखेको पाइएको थियो । घटनामा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई प्रहरीले निलम्बन गरिसकेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया