काभ्रेका स्थानीय तहमा पाँचखालमा कम बेरुजु

काठमाडौँ - महालेखापरीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार देखिएको छ । वित्तीय प्रतिवेदन सुचकले काभ्रेमा पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखा परिक्षण गर्दा १ करोड १९ लाख ३५ हजार अर्थात ० दशमलव ८६ प्रतिशत तथा महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखा परिक्षण गर्दा २९ लाख ४० हजार अर्थात ० दशमलव ४३ प्रतिशत बेरुजु देखिएको छ ।
बागमती प्रदेशका १ सय १९ स्थानिय तहमध्ये बेरुजु कम भएका पालिकामा पाँचखाल नगरपालिका सातौ स्थानमा छ भने महाभारत गाउँपालिका दोश्रो स्थानमा छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया