पत्रकार भन्दै ठग्ने पक्राउ
सुर्खेत - पत्रकार भनेर ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘सुर्खेत न्युज–२४’ को पत्रकार भनेर परिचय दिने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरु विरुद्ध प्रहरीमा लाखौ रुपियाँ ठगी गरेको उजुरी परेको थियो । उनीहरूले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।
‘सुर्खेत न्युज–२४’ को पत्रकार भनेर उनीहरूले परिचय दिएका छन्,’ घर्तीले भने, ‘कम्पनीमा शेयर खुलेको भन्दै दुई लाख रुपियाँ ठगी गरेको उजुरी परेको छ ।’ पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलाइएको छ । ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको घर्तीले जानकारी दिए ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया