पीपीई खरिदमा १० हजारसम्मको अन्तर, थर्मोमिटरमा १३ हजारसम्म

पोखरा- एउटै स्वास्थ्य सामग्री खरिद गर्दा गण्डकीका स्थानीय तहहरुले खरिद गरेको रकममा आकास जमिनको फरक पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनले गण्डकीका पालिकाहरुले आकास जमिनको फरक हुने गरी स्वास्थ्य सामग्री खरिद गरेको देखाएको छ ।
शहिद लाखन गाउँपालिका गोरखाले पीपीई खरिद गर्दा १ हजार ९२१ रुपैयाँको दरले ३० थान खरिद गरेको छ । तर तनहुँको देवघाट गाउँपालिकाले भने पीपीईलाई १० हजार रुपैयाँको दरले ६ थान खरिद गरेको छ । यस्तै पीपीई खरिदमा अरु पालिकाको मूल्य फरक-फरक छ । बारपाक सुलिकोट गाउँपालिका, गोरखाले २ हजार ९५ को दरले खरिद गरेको छ भने तनहुँको व्यास नगरपालिकाले ६ हजार ८६ को दरले खरिद गरेको पाइएको छ । यसरी एकै प्रकृतिको सामानको मूल्यमा धेरै फरक देखिनु उचित नभएको महालेखाले जनाएको छ ।
मास्क खरिद गर्दा पनि पालिकाहरुबीच रकममा भेरियसन देखिएको छ । ऋषिङ गाउँपालिकाले प्रति थान १४५ को दरले ७०० थान केएन ९५ मास्क खरिद गरेकोमा महाशिला गाउँपालिका पर्वतले भने सोही मास्कलाई ४९० को दरले किनेको छ । कुश्मा नगरपालिका पर्वतले सो मास्कलाई ४५०, शुक्लागण्डकी नगरपालिका तनहुँले ४८३ का दरले खरिद गरेको छ ।
यस्तै गल्याङ नगरपालिका स्याङ्जाले ३५ रुपैयाँको दरले सर्जिकल मास्क खरिद गर्दा कालिगण्डकी गाउँपालिका स्याङ्जाले ८ रुपैयाँको दरले किनेको पाइएको छ । वालिङ नगरपालिका स्याङ्जा, गोरखा नगरपालिका गोरखा लगायत अन्य स्थानीय तहले १० रुपैयाँको दरले खरिद गर्दा मालिका गाउँपालिकाले भने ३५ रुपैयाँको दरले किनेको छ ।
इन्फ्रारेड थर्मोमिटर खरिदमा पनि ५ सय देखि ११ हजार रुपैयाँसम्म फरक पर्ने गरी खरिद गरिएको छ । गोरखा नगरपालिकाले थर्मोमिटरलाई १ हजार रुपैयाँको दरले किनेको छ भने देवघाट गाउँपालिकाले १० हजार रुपैयाँको दरले ८ थान थर्मोमिटर खरिद गरेको छ । धवलागिरी गाउँपालिका म्याग्दीले यही थर्मोमिटरलाई १२ हजारको दर लगाएको छ भने गलकोट नगरपालिकाले १० हजार र बरेङ गाउँपालिकाले ११ हजारको दरले खरिद गरेका छन् ।
सुन्दरबजार नगरपालिकाले भने यो थर्मोमिटरलाई ५ सयको दरले खरिद गरेको छ । यसरी पालिकाहरुले स्वास्थ्य सामग्री खरिद गर्दा दरमा अत्याधिक अन्तर देखिएको महालेखाले जनाएको छ । सामग्री मितव्ययी तवरले खरिद भएको आश्वस्त हुने अवस्था नरहेकाले फ्रेमवर्क सम्झौता गरी सरकारका सबै निकायले सोही दरमा तोकिएको गुणस्तरमा सामान खरिद गर्ने व्यवस्था गर्न महालेखाले सुझाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया