शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सरकारी कोषमा ८० अर्ब ६३ करोड रुपैयाँ मौज्दात

काठमाडौँ – महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले  सरकारी कोषहरूमा ८० अर्ब ६३ करोड रुपैयाँ थुप्रिएको देखाएको छ । आर्थिक वर्ष २०७६/७७ को महालेखाको प्रतिवेदनले सरकारी कोषहरूमा यो रकम रहेको देखाएको हो ।

अघिल्लो वर्षको तुलनामा कोषको रकम केही घटेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी रकम रक्षा मन्त्रालयको तालुक निकायमा रहेको कोषमा देखिन्छ । सैनिक कल्याणकारी कोष र नेपाली सेना विमान चार्टर उडान विकास समितिमा अत्यधिक रकम थुप्रिएका छन् । ५२ अर्ब १५ करोड रुपैयाँ त सैनिक कल्याणकारी कोषमै छ । नेपाली सेना विमान चार्टर उडान विकास समितिमा २३ करोड ५६ लाख रुपैयाँ छ ।

सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयअन्तर्गतका निकायहरूमा आठ अर्ब ६० करोड रुपैयाँ छ । नेपाल दूरसञ्‍चार प्राधिकरण ग्रामिण दुरसञ्चार कोषमा आठ अर्ब ४७ करोड रुपैयाँ रकम छ ।