पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजल र खाना बनाउने एलपी ग्यासको मूल्य वृद्धि भएको जनाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास तथा हवाइ इन्धनको मूल्यवृद्धि भएको नेपाल आयल निगमले जानकारी दिएको हो ।
हवाइ इन्धन आन्तरिकतर्फको साविकको बिक्रि मूल्यमा २ सय रूपैयाँले वृद्धि भएको निगमले जानकारी दिएको छ । यस्तै पेट्रोल प्रतिलिटर दुई रूपैयाँले बढेर १ सय ३० रूपैयाँ कायम भएको छ भने डिजल प्रतिलिटर दुई रूपैयाँले बढेर १ सय १३ रूपैयाँ कायम भएको छ ।
हवाइ इन्धनमा प्रतिलिटर दुई रूपैयाँले वृद्धि भई ८३ रूपैयाँ कायम भएको निगले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाइ इन्धन १६ अमेरिकी डलरले वृद्धि भई सात सय ७० रूपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँले वृद्धि भई १ हजार चार सय ५० कायम भएको निगमले जनाएको छ ।
मट्टितेलको पनि मूल्य वृद्धि भई प्रतिलिटर १ सय १३ पुगेको निगमले जनाएको छ । इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको सोमबार निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रूपैयाँ, डिजेलमा प्रतिलिटर २.६४ रूपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४२०.७५ रूपैयाँ घाटा रहने निगमले जनाएको छ । ३० असारमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया