जापानले दिएको खोप मित्रताको प्रतिक : राजदूत

काठमाडौँ - जापान सरकारले अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७ सय ४० डोज एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख डोज उपलब्ध गराउने भने पनि त्यो भन्दा बढी खोप उपलब्ध गराएको हो । कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार नेपाल आइपुगेसँगै बाचा गरेको सबै खोप आइपुगेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
जापानले नेपाललाई एक असल मित्रको रूपमा यस्तो सहयोग गरेको पनि जनाएको छ । ‘यो सहयोग साथीत्वको एक प्रतिक हो । जापानले बोलेको भन्दा बढि नै खोप नेपाललाई दिन सकेकोमा खुसी छु,’ नेपालका लागि जापानी राजदुत किकुता युताकाले बताएको दूतावासले जनाएको छ । राजदूत किकुताले नेपाललाई अझै खोप नपुगेकोमा जापान जानकार रहेको र यस्तै सहयोग आगामी दिनमा गर्ने समेत बताए ।
यसअघि साउन २३ र २४ गते ९ लाख डोज र भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आएको थियो । फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया