सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

विराटनगरका तेस्रो लिंगीले मनाए गाइजात्रा

विराटनगर - विराटनगरमा रहेका समलिंगी तथा तेस्रो लिंगीहरूले मृत्यु भइसकेका समलिंगी तथा तेस्रो लिंगीहरूको स्मरणमा गाईजात्रा र्‍याली निकालेका छन् । ब्लु डाइमण्ड सोसाइटी विराटनगरको आयोजनामा उनीहरूले सोमबार अपरान्ह १८औं गाईजात्राको अवसरमा र्‍याली निकालेका हुन् ।

समलिंगीहरूको हक अधिकारबारे विभिन्न नाराहरू उल्लेख गरिएका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले विराटनगरको संसारी माइस्थान चोकमा पुगेर कोण सभा गरे  । प्रदेश १ का विभिन्न जिल्लामा गरी १ हजार ४ सय जति समलिंगी तथा तेस्रो लिंगीहरू रहेका छन् ।

ब्लु डाइमण्ड सोसाइटी विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले समलिंगी तथा तेस्रो लिंगीहरू अझै पनि घर परिवार र समाजबाट अपहेलित हुनुपरेको भन्दै अधिकारका लागि लड्दै आएको बताइन् । उनले प्रहरीले समेत अनावश्यक दुख दिने गरेको गुनासो गरिन् ।