फोर्ब्सका एक सय शक्तिशाली महिलामा १२ अर्बपति

फोर्ब्सको एक सय शक्तिशाली महिलाको सूचीमा १२ महिला अर्बपति परेका छन् । पैसा सधैं शक्तिको पर्याय हुँदैन । यदी त्यसो हुन्थ्यो भने ती सय शक्तिशाली महिला जम्मै अर्बपति हुन्थे होला । उनीहरुसँग करिब डेढ सय मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
ती १२ महिलामध्ये दुईजना त व्यवस्थापकीय जिम्मेवारी बोकेका उच्च पदस्थ कर्मचारी हुन् । २२औं स्थानमा पर्न सफल सेरिल स्यान्डबर्ग विश्वविख्यात सामाजिक सञ्जाल कम्पनी फेसबुककी सीओओ हुन् । होटल सिलाकी सीइओ ली बु-जीन ९०औं स्थानमा छिन् ।लेन्स टेक्नोलोजीकी संस्थापक जोउ कुनफेइ शक्तिशाली सूचीको ७० नम्बरमा छिन् ।
कोभिड-१९ विरुद्धको लडाइमा काम गरिरहेको बायोफर्मासिटिकल कम्पनी बायोकनकी मालिक किरण मजुमदार-शा ६८ नम्बरमा छिन् । मिडिया उद्यमी ओप्राह विनफ्रे २० नम्बरमा छिन् । कम्प्युट टेक्नोलोजी कम्पनी ओरेकलकी सीइओ सफ्रा क्याज १५ नम्बरमा छिन् भने इपीक सिस्टमकी संस्थापक जुदीथ फौल्कनर ७४ नम्बरमा छिन् ।
- अबिगल जोनसन- १५ अर्ब डलर
- सफ्रा क्याज- १.२ अर्ब डलर
- ओप्राह विनफ्रे- २.६ अर्ब डलर
- सेरिल स्यान्डबर्ग- १.८ अर्ब डलर
- लौरेन पावेल जब्स- २१.१ अर्ब डलर
- गिना रिनेहार्ट- १६.७ अर्ब डलर
- म्याकेन्जी स्कट- ५९. ७ अर्ब डलर
- किरण मजुमदार-शा- ४.६ अर्ब डलर
- जोउ कुनफेइ- १६.४ अर्ब डलर
- जुदीथ फौल्कनर- ५.५ अर्ब डलर
- ल्याम वाइ यीङ- ३.९ अर्ब डलर
- ली बु-जीन- १.९ अर्ब डलर
यी १२ महिला धन कमाउन जति माहिर छन्, त्यति यिनीहरुले आफ्नो पेशा र व्यवसायबाट परिवर्तन ल्याउनमा आफ्नो शक्ति प्रयोग गरेका छन् । उनीहरु लोककल्याणकारी कर्ममा पनि उत्तिकै सक्रिय छन् । लेखक तथा समाजसेवी म्याककेन्जी स्कट यसको ज्वलन्त उदाहरण हुन् । जसले संसारकै धनी जेफ बेजोसलाई डिभोर्स दिएलगत्तै आफ्नो आधा सम्पत्ति च्यारिटीमा दिने घोषणा गरिन् । उनले एक सय १६ वटा परोपकारी संस्थालाई झन्डै डेढ अर्ब डलर दान गरेकी थिइन् ।
फिडिलिटी इन्भेष्मेन्टकी सीइओ अबिगियल जोनसन ९ स्थानमा छिन् । १९४६ मा आफ्नो हजुरबुवाले सुरू गरेका म्यूचुअल फन्ड कम्पनीको उनले विरासत धानेकी छिन् । गत जुनमा उनले अश्वेत जातीको आन्दोलनमा मुख खोलेकी थिइन् । उनको कम्पनीले जातीय समानताका पक्षमा लगानी गर्ने घोषणा गरेको थियो ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया