सेलेना भन्छिन्– संगीत छाड्नेबारे सोचेको पनि छैन

लसएन्जल्स : गायक तथा अभिनेत्री सेलेना गोमेजले संगीत छाड्ने आफ्नो कुनै योजना नरहेको बताएकी छिन् । उनले केही समयअघि भने उनले फिल्म र प्रडक्सनको काममा ध्यान केन्द्रित गर्न संगीत छाड्न पनि सक्ने अभिव्यक्ति दिएकी थिइन् ।
‘संगीत बनाउने कुरा छाड्ने बारेमा सोच्न पनि सक्दिन । मलाई ग्रामी चाहिएको छैन । मलाई राम्रो लागेको काम गर्न पाउँ, बस यत्ति भए पुग्छ,’ उनले भनेकी छिन् ।
गोमेजले वर्षको सुरुमै पहिलो प्लट स्पेनिस भाषामा गीत गाएकी थिइन् जुन कठिन रहेको उनको भनाइ थियो ।
‘बोल्नुभन्दा गीत गाउन धेरै गाह्रो रैछ । कतै मलाई सही उच्चारण गर्न नजानेर मूर्ख नदेखियोस् भनेर खुब सचेत थिएँ म । यसका लागि धेरै मेहनत गर्नुपर्यो,’ सेलेनाले एली पत्रिकासँगको कुराकानीमा भनेकी छिन् । सेलेनाले भर्खर बोली फेरे पनि केही समय अघि भने संगीतमा आफूलाई मानिसहरूले गम्भीरतापूर्वक लिन छाडेको आभाष भएको भन्दै गायनबाट सन्यास लिन मन बनाइरहेको बताएकी थिइन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया