शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ - आइतबार सस्तिएको सुनको भाउ सोमबार बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ९० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलामा एक हजार एक सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।