बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड खोप

लन्डन : बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजर-बायोएनटेकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।
मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरियो ।
बेलायतले फाइजर-बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।
विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड-१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताए ।
बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ ।
बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ । (एएफपी)

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि
पोर्चुगलका पूर्वप्रधानमन्त्री सुक्रेट्समाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

प्रतिक्रिया