जुलाईमा चीनको कच्चा स्टील उत्पादनमा कमी
बेइजिङ- चीनको कच्चा स्टीलउत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भनेको छ ।
वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।
एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतके वृद्धि हो ।
हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।
चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो । (सिन्ह्वा

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया