‘आफ्ना’को आगामी योजनाबारे पूर्वराजदूतहरूबीच छलफल

काठमाडौँ – पूर्वराजदूत एशोशिएशन, नेपाल (आफ्ना)ले एकदिने कार्यशाला शुक्रबार काठमाडौंमा आयोजना गरेको छ । आफ्नाले काठमाडौंस्थित गोकर्ण रिसोर्टमा आयोजना गरेको कार्यशालामा नेपाली राजदूतको जिम्मेवारीमा विभिन्न मुलुक पुगेर काम गरिसकेका पूर्वराजदूतले आ-आफ्नो धारणा राखेका छन् ।
आफ्नाका अध्यक्ष तथा स्विट्जरल्यान्डमा पूर्वराजदूत रहेका शम्भुराम सिम्खडाले कार्यशालाको अध्यक्षता गरेका थिए । यस्तै उपाध्यक्ष प्रोफेसर चोपलाल भुसाल, लक्की शेर्पाले कार्यशालाको उद्देश्य र एजेन्डामाथि प्रकाश पारेका थिए । कार्यशालामा अध्यक्ष सिम्खडाले आफ्नाको प्रमुख एजेन्डा प्रस्तुत गर्दै आगामी कार्ययोजनाबारे धारण राखेका थिए ।
डा.भेषबहादुर थापा, दीपकुमार उपाध्याय, अर्जुनजंगबहादुर सिंह, विश्वंभर प्याकुरेल, परमेश्वर हमाल, डा.अर्जुन कार्की, विजयकान्त कर्ण र भीम उदासलगायतले आफ्नो धारणा राखेका थिए । आफ्नाले संस्थाको आगामी योजनाबारे छलफल गर्दै निष्कर्षमा पुग्नका लागि कार्यशाला आयोजना गर्दै छलफल गरेको बताइएको छ ।
कार्यशालामा आफ्नाका विभिन्न एजेन्डा र मुद्दाहरुमा व्यापक छलफल गर्दै आगामी रणनीति, लक्ष्य र गतिविधिहरू पनि छलफल भएकाे थियाे । नेपालको संविधानले निर्दिष्ट गरेका राष्ट्रिय लक्ष्यहरूमा विदेशबाट हुनसक्ने सहयोगमा कुटनीतिक समन्वय गर्नु नै आफ्नाको प्रमुख उद्देश्य हाे ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया