कोभिडले बुटवलमा कर्मचारीको मृत्यु

बुटवल : कोभिड-१९ को संक्रमणबाट बुटवल उपमहानगर पालिकाका एक जना कर्मचारीको मृत्यु भएको छ । बुटवलस्थित कोरोना बिशेष अस्पतालमा शनिबार साँझ उपमहानगरका कर्मचारीको मृत्यु भएको हो । बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा शनिबार नै भर्ना भएका बुटवल उपमहानगरपालिका ८ को वडा कार्यालयमा कार्यरत ४९ वर्षका पुरुषको साझ ६ बजे मृत्यु भएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
असोज २७ गते कोरोना पोजेटिभ भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा अलिबढी समस्या देखिएपछि उनि शनिबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । उनलाई तत्काल आइसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताए । तर अस्पतालमा बेड नभएपछि प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा दिनभरी राखिएको थियो । बेड खाली भएपछि कोरोना विशेष अस्पतालको बेडमा रिफर गरेको केहि समयपछि उनको मृत्यु भएको अस्पतालले जानरकारी दिएको छ ।
उनको उपचारमा सबै प्रक्रिया अपनाउँदा पनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । बुटवलस्थित कोभिड विशेष अस्पतालको सबै बेड भरिएका छन् । गम्भीर प्रकृतिका कोरोना संक्रमित आए उपचार गर्ने स्थान नभएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया