शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

बीजेपीका चौथाइवालेले प्रधानमन्त्री देउवालाई भेटे

काठमाडौँ– छिमेकी भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । 

चौथाइवालाले ट्वीटमा आफूले प्रधानमन्त्री देउवालाई बधाई दिनुका साथै जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना आदानप्रदान गरेको उल्लेख गरेका छन् । 
चौथाइवाले यसअघि मंसीर अन्तिम साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि नेपाल आएका थिए ।

चौथाइवालेको भ्रमणपछि प्रतिनिधि सभा विघटन तथा तीव्र राजनीतिक उथलपुथल देखिएको थियो । जसका कारण ओलीलाई भारतले सघाएको भन्दै तत्कालीन समयमा प्रतिपक्षमा रहेका दलहरूले आलोचना गरेका थिए भने जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई र चौथाइवालेबीच ट्वीट युद्ध नै चलेको थियो ।