युनान प्रान्तले दक्षिण तथा दक्षिणपूर्वी एसिया व्यापार मेला आयोजना गर्दै

काठमाडौँ – चीनको युनान प्रान्तमा अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एसिया व्यापार मेला तथा लगानी महोत्सव आयोजना गरिएको छ ।
‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनीका लागि दक्षिणपूर्वी तथा दक्षिण एसियाका वस्तु तथा सेवा उत्पादकहरूले सहभागिता जनाउने बताइएको छ ।
यो कार्यक्रम चीनको दक्षिण–पश्चिममा रहेको युनान प्रान्तको राजधानी कुनमिङ्गमा अगस्ट २५ देखि २९ अर्थात् भदौ ९ देखि १३ सम्मका लागि तय भएको छ । कार्यक्रममा अनलाइन मार्फत सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । हरेक विजोर वर्षमा हुने प्रादेशिक स्तरको यो महोत्सव चीन र एसियाली अन्य देशहरूबीच लगानी र व्यापारिक सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण मानिन्छ । ६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने यस मेलामा ३ हजार प्रदर्शनी स्थलहरु राखिएको आयोजकले उल्लेख गरेको छ ।
काठमाडौंस्थित युनान प्रान्तीय सीमापार प्रतिनिधि कार्यालयका अनुसार यो मेला नेपाली उद्यमीहरूलाई आफ्ना उत्पादन चीनमा प्रवर्धन गर्ने सुनौलो अवसर हो ।
‘मेलामा नेपाली व्यवसायीहरु पनि सहभागी हुन सक्छन् र आफ्ना वस्तु तथा परियोजनाहरु विना कुनै शुल्क चिनियाँ तथा एसियाली उद्यमीहरू माझ प्रस्तुत गर्न सक्छन् ।’, कार्यालयले भनेको छ, ‘अनलाइनमा हरेक कम्पनीका लागि आफ्ना सामान तथा परियोजनाका फोटो तथा जानकारी राख्नका लागि छुट्टै पेज उपलब्ध गराइनेछ ।’
यो वर्ष मेला सञ्चालनलाई अझै व्यवस्थित बनाइएको आयोजकले बताएको छ । वस्तुहरुको प्रदर्शनीलाई सहज बनाउन ती उत्पादनहरूको भन्सार जाँचपास तथा व्यापार छलफलको लागि पनि सहजीकरणको व्यवस्था गरिएको छ ।
‘हरेक उद्यमीले आफैं आधिकारिक वेबसाइटमार्फत् आफ्नो कम्पनीलाई दर्ता गर्न सक्नेछन् । आयोजकले तपाईंको कम्पनी र वस्तुको प्रकृति हेरेर उपयुक्त स्थल सुझाउनेछन्,’ नेपाल–भुटान सीमापार प्रतिनिधि कार्यालयका निर्देशक लिङचेङ यु भन्छन् ।
नेपालीहरु अनलाइनबाट मात्रै मेलामा सामेल हुन सक्ने भए पनि उनीहरुका वस्तु प्रदर्शन स्थलमा राख्नका लागि एजेण्टमार्फत चीन पनि पठाउन सकिने उनले जानकारी दिए ।
सन् २०१५ मा स्थापना भएको यस प्रतिनिधि कार्यालयले उर्जा, होटल, पर्यटन, फूल व्यवसाय, कृषि लगायतका क्षेत्रमा नेपाललाई चीनका व्यापारीसँग सहकार्यका लागि सहजीकरण गर्दै आएको छ ।
नियमित महोत्सवबाहेक यो वर्ष कार्यक्रममा एसियासँग आवद्धता, सीमापार लगानी साझेदारी, सेवा व्यापार, सीमा व्यापार, अनलाइन व्यापार लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै प्रदर्शन तथा छलफल पनि हुने जनाइएको छ । यस महोत्सव स्थलमा हुने कार्यक्रमहरू कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको आयोजक पक्षले जनाएको छ ।
पाँच दिने मेलाको अवसरमा तेस्रो चीन–दक्षिण एसिया सहकार्य मञ्च, १५औं चीन–दक्षिणपूर्वी एसिया व्यापार मञ्च, आठौं चस्न–दक्षिण तथा दक्षिणपूर्वी एसिया विज्ञ मञ्च लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिने उल्लेख छ ।
गत डिसेम्बर महिनामा पनि युनानले चीन–दक्षिण एसिया महोत्सवको आयोजना गरेको थियो । कोभिड–१९ का कारण अनलाइनमा मात्र सीमित गरिएको उक्त मेलामा १० हजार उद्यमी व्यवसायीहरू सहभागी भएका थिए भने एक सातामा ५ अर्ब १९ करोड अमेरिकी डलर बराबरको कारोबार भएको थियो ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया