विभिन्न मुद्दाका फरार ५ अभियुक्त पक्राउ

जनकपुरधाम - विभिन्न मुद्दाका फरार ५ जना अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालतबाट विभिन्न मुद्वामा कैद तथा जरिवानाको फैसला भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चोरी मुद्दामा जिल्लाको सिरहा नगरपालिका १ वर्ष २३ का सन्तोकुमार कामती, लेनदेन मुद्दामा सिरहा १६ का ४० वर्षीय जनकिर मलंग, सिरहा २० का ५५ वर्षीय रामदेव साह रहेका छन् । त्यसैगरी बहुविवाह मुद्दामा लहान नगरपालिका-१३ का ३१ वर्षीय शंकर महतो र लागू औषत मुद्दामा सखुवानान्कारकट्टी गाउंपालिका ४ का २८ वर्षीय देवकुमार यादव पक्राउ परेको हो ।
अदालतले कामतीलाई एक महिना कैद र ३० हजार जरिवाना, मलंगलाई ५ महिना कैद सजाय, साहलाई २ महिना कैद, महतोलाई ११ महिना १५ दिन कैद र १० हजार रुपैया नगद र यादवलाई ८ वर्ष कैद र ३ लाख १५ हजार रूपैया जरिवाना तोकेको थियो । पक्राउ परेकाहरूलाई आज जिल्ला अदालतमा आवश्यक कारबाहीका बुझाइने जिप्रका सिरहाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया