भारतले बनाइदियो जेष्ठ नागरिकका लागि ११० बेडको सुविधा सम्पन्न भवन

काठमाडौँ - ललितपुरको बागडोलमा ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा शनिबार ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन भएको हो ।
जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना वृद्धाश्रमको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ । जेष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको छ । यस भवनमा १ सय १० बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु पनि छन् ।
भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारले ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो ।
‘हामी बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्दछ,’ राजदूत क्वात्राले भने, ‘नेपाली समाजमा ज्यापु समाजले पुर्याएको योगदानको आफ्नै प्रकारको महत्व छ’ भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४ सय ५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया