प्रदेश १ मा थपिए चार सय बढी कोभिड संक्रमित

काठमाडौँ - प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सो अवधिमा ७ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २ सय र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ७९ मा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा सात, इलाममा चार, उदयपुरमा दुई र भोजपुरमा एक जनामा संक्रमण देखिएको छ । सोही अवधिमा प्रदेशमा शनिबार ७ सय ३६ जना कोभिड संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा ३ सय ४३ महिला र ३ सय ९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट तीन महिलासहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया