प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले बर्नलीमाथि २-० को सहज जित दर्ता गर्यो । लिभरपुलले नयाँ सिजनको आफ्नो पहिलो खेलमा गत सात नर्विच सिटीलाई ३-० ले हराएको थियो ।
लिभरपुलको जित यात्रा कायम राख्न डिएगो जोटा र साडियो मानेले एक-एक गोल गरे । जोटाले पहिलो हाफको १८ औँ मिनेटमा गोल गरेका थिए । पोर्चुगिज फरवार्डले ग्रिक फुलब्याक कोन्सटान्टिनोस सिमिकासको क्रसमा हेडर गोल गरे । नर्विचविरुद्ध पनि जोटाले एक गोल गरेका थिए ।
दोस्रो हाफको मानेले लिभरपुलको अग्रता दोब्बर बनाए । उनलाई अर्का फुलब्याक ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले गोलका लागि पास मिलाए ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया