मुक्त कमलरी मञ्चद्वारा मुख्यमन्त्री केसीको ध्यानाकर्षण

बुटवल – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई मुक्त कमलरी विकास मञ्चले ध्यानआर्कषण गराएको छ । मुक्त कमलरीहरू पुनः कमलरी बस्न जानुपर्ने अवस्था आएको भन्दै मञ्चले शनिबार मुख्यमन्त्री केसीसमक्ष ध्यानआर्कषण पत्र बुझाएको हो ।
सरकारले दिने सेवा सुविधा र सम्झौता कार्यान्वयन नगर्दा मुक्त भइसकेकाहरू पुनः कमलरी बस्नुपर्ने अवस्था आएको मञ्च प्रतिनिधिहरूको आपत्ति छ । मुख्यमन्त्री केसीलाई मञ्चका अध्यक्ष शान्ति चौधरीले ध्यानाकर्षण पत्र बुझाउँदै लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लाका मुक्तकम्मरीहरूको समस्या समाधान गर्न माग गरिन् ।
शिक्षा निर्देशिका २०६८ अनुसार आफूहरूले कक्षा १२ सम्म पाउँदै आएको छात्रबासमा खाने, बस्ने सुविधा कटौती भएपछि शिक्षालाई निरन्तरता दिनसक्ने अवस्था नरहेको ध्यानआर्कषणपत्रमा उल्लेख छ । सुविधा कटौती भएपछि दाङको लावाजुनी छात्राबास नर्तीमा बसेर स्नातक तह अध्ययरत १० जनालाई बासस्थान र खानाको चिन्ताले सताउन थालेकोमा उनीहरूले आपत्ति जनाएका छन् । यीलगायत मुक्त कमलरीका हक र अधिकारलाई सम्बोधन गर्नसमेत मञ्चले सरकारसँग माग गरेको हो ।
मञ्चले सम्पुर्ण मुक्त कमलरीहरूलाई तत्काल परिचयपत्रको व्यवस्थाका लागि सहजीकरण, मुक्त कमलरीका लागि प्रदान गरिँदै आएको छात्रवृत्ति स्नातकोत्तर तहसम्म व्यवस्था गरी समयानुकूल वृद्धि गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेको छ । ध्यानआर्कषणपत्र बुझ्दै मुख्यमन्त्री केसीले सरकारले मुक्त कम्मरीको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।
उनले कमलरी विद्यार्थीको छात्राबास खर्चको व्यवस्थापन तुरुन्तै गर्ने बताउँदै आवश्यक सहयोगका लागि सरकारले सहजीकरण गर्ने बताए । उक्त अवसरमा दाङबाट निर्वाचित सांसद इन्द्रजीत थारु, बर्दियाबाट निर्वाचित प्रदेश सांसद तिलकराम शर्मा, मुक्त कमलरी विकास मञ्चका कानुनी सल्लाहाकार फकला थारु, प्रवन्धक माधवलाल चौधरीसहित ५ जिल्लाका कमलरी विकास मञ्चका अध्यक्षहरूको सहभागिता थियो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मुक्त कमलरीहरू रहेको मञ्चका प्रवन्धक चौधरीले जनाए ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया