संरचना थपेर नगरकोटको पर्यटन चम्काइँदै
नगरकोट - पर्यटकीय क्षेत्र नगरकोटमा थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् ।
नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण र रु नौ करोडमा १० लाख लिटरको दुई खानेपानी ट्याङ्की निर्माण भइरहेको छ । थप पर्यटकीय संरचना निर्माणमा दुवै जिल्लाका सीमा क्षेत्रमा स्थानीय तहसँग नगरकोट–नाल्दुम पर्यटन विकास समितिले समन्वय गरिरहेको छ ।
टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनाउन होटल व्यवसायीसँग छलफल भइरहेको समितिका सचिव प्रदीप अधिकारीले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ बनेपा नपा–२ मा हिलेजलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जिपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । “पर्यटकलाई आकर्षण गर्ने मनोरञ्जन र मनोरम दृश्यलाई समेट्ने खालका योजना बनाउँदैछौँ”, अधिकारीले भने ।
हिलेजलजलेमा पर्यटकीय कृत्रिम ताल निर्माण गर्न चालु आर्थिक वर्षमा रु १८ करोड बजेट विनियोजन गरिएको छ । भक्तपुरबाट नगरकोट जाने करिब १७ किलोमिटर मुख्य सडक समयमै पक्की नभएकामा स्थानीय व्यवसायीले गुनासो गर्दै आएका छन् । उक्त सडकको विकल्पका रूपमा हाल तेलकोटबाट हरिगुरु मार्गबाट आवतजावतका लागि निकै सजिलो भएको छ ।
करिब दुई वर्षअघि नगरकोटस्थित सडक दायाँबायाँ सार्वजनिक जग्गामा वर्षौँदेखि बनाइएका टहरा हटाएपछि हाल नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गरिने भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र चाँगुनारायण नपा–६ मा निर्माण गरिने बसपार्कको आज नगरप्रमुख सोम मिश्रले शिलान्यास गरेका छन् । उनले हाल पाँच करोड सात लाख ७६ हजारमा एक वर्षका बसपार्कको निर्माण सम्झौता गरिएको बताए ।
“नगरकोट क्षेत्रलगायत चाँगुनारायण नगरका मुख्य क्षेत्रमा सार्वजनिक शौचालय पनि बन्नेछन्, जसको निःशुल्क सेवा उपलब्ध हुनेछ”, उनले भने । उनका अनुसार नगरकोटमा समग्र बसपार्क क्षेत्र विकासका लागि रु ५५ करोड लाग्ने उनले बताए । बसपार्कका लागि ‘ड्रेनवाल’ निर्माण भइरहेको छ ।
नगरकोटमा साना–ठूला गरी १०० होटल छन् । करिब ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकतर्फ पर्दछन् । यसमध्ये केही मात्रै ‘फो–स्टार र थ्री–स्टार’का रहेका छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा छन् भने त्यतिनै सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको जनाइएको छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया