कला र संस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेदन भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कला सस्कृति मुलुकको पहिचान भएको भन्दै यसको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
हस्तकला, मुर्तिकला, चित्रकला आदीको माध्यमबाट नेपालको कला संस्कृति विश्वभर चिनाउन ज्यापु समाज ललितपुरले भूमिका खेलेको भन्दै प्रधानमन्त्री देउवाले समाजको प्रशंसा गरे । भाषा शिक्षा, स्वास्थ्य, संस्कृति पर्यटन लगाएत सामाजिक सांस्कृतिक क्षेत्रमा पनि समाजको योगदान महत्वपूर्ण रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल भारत सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको बताए । उनले नेपाली जनता र नेपालका लागि भारतले सदैव सहकार्य गर्ने उल्लेख गरे । यस्तै गृहमन्त्री बालकृष्ण खाँण, बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माओवादी नेतृ पम्फा भुसाललगायतले नेपालको संस्कृति जगेर्नामा ज्यापु समाजले खेलेको भूमिकाको चर्चा गरे ।
ज्यापु समाजले ललितपुरको बागडोलमा १ सय १३ रोपनी जग्गामा ११० शैय्याको सुविधायुक्त ज्येष्ठ नागरिक आनन्द निकेदन भवन निर्माण गरेको हो । भवन निर्माणका लागि भारतीय दुतावास, ललितपुर महानगर, बागमती प्रदेश लगायतले सहयोग गरेका छन् ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया