वरिष्ठ कलाकार थापाको निधन
काठमाडौँ- वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।
तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।
यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन् । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया