अप्रिल-जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि : प्रहरी

जोहानेसवर्ग- दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल-जूनको तीन महिनामा गत बर्ष सोही अवधिको तुलनामा उच्च रहेको दक्षिण अफ्रिकाको प्रहरीले शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताएको छ । देशले कोरोनाभाइरसको गम्भीर सङ्कट झेल्दै गरेका समय हत्या र बलात्कारका घटना बढ्नु गलत सङ्केत भएको प्रहरीको भनाइ रहेको छ ।
तीन महिनाको दौडान कम्तीमा पनि १० हजार बलात्कार र पाँच हजार ७०० हत्याको रेकर्ड गरिएको छ । यो गत वर्षको जूनपछि ६० प्रतिशतभन्दा बढीले वृद्धि हो । अहिलेको यो सङ्ख्याले सन् २०१९ को महामारीपूर्वको स्तरको एक प्रतिशतभन्दा कम वृद्धि देखाउँछ ।
प्रहरीमामिला मन्त्री भेकी सेलेले प्रिटोरियामा टेलिभिजनमार्फत् दिएको जानकारीमा भने, 'यद्यपि यो दोहोरो अङ्कको वृद्धिले देशको समग्र वास्तविक तस्वीर झल्काउने भने छैन किनभने त्यसलाई लकडाउन र आवतजावतमा लगाइएको प्रतिबन्धको असामान्य अवधिसँग तुलना गरिएको छ ।' महामारी पूर्वको स्तरको तुलनामा उक्त दर ०.६ प्रतिशत बढी भएको उनले बताए ।
समीक्षा गरिएको अवधिका समय महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समय कम गरिएको थियो भने स्थानीयस्तरमा मानवीय आवतजावतमा निकै खुकुलो बनाइसकिएको थियो । दक्षिण अफ्रिका विश्वमा हिंसात्मक गतिविधि धेरै हुनेमध्ये एक हो यहाँको हत्या दर निरन्तर बढिरहेको छ । सन् २०१९/०२० मा, यस देशमा २१ हजारभन्दा बढी हत्याहरू भएका थिए जुन गत अघिल्लो वर्षभन्दा १.४ प्रतिशतले बढी हो ।
'प्रहरीले गरेको चार हजार नमुनामध्ये वैचारिक भिन्नता, गलत बुझाई र घरेलु तथा सडकजन्य झडप नै हत्याका समग्र कारक रहनेगरेको पाइन्छ,' तथ्याङ्कशास्त्री तथा प्रहरी मेजर-जनरल थुलारे सेखुखुनियाले बताए । (एएफपी)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया