विमानस्थल स्तरोन्नतिमा सहयोग गर्न मन्त्री भट्टराईको आग्रह

जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय रुपमा स्तरोन्नति गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन । मंगलवार नवनिर्मित टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले धार्मिक तथा पर्यटकीय रुपले परिचित जनकपुरधामको विकासलाई संघीय सरकारले पहिलो प्राथमिकतामा राखेको समेत जिकिर गरे ।
उनले विमानस्थलको स्तरोन्नतिका लागि स्थानीय र प्रदेश दुवै सरकारको सहयोग अपरिहार्य रहेको धारणा राखे । रनवे तयार गर्न स्थानीय सरकारले जग्गा उपलब्ध गराए प्राविधिक सहयोग गर्न आफू तयार रहेको बताए ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले जनकपुर विमानस्थललाई जनकपुरधाम विमानस्थल नामाकरण गर्न माँग गर्दै एक प्रदेशदेखि अर्को प्रदेश र भारतको बिहार, उत्तर प्रदेश र बंगालसँग कनेन्टिभिटी हुने गरी स्तरोन्नति गर्न आग्रह गरे ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया