सुनसरीमा नक्कली रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारस्थित अररिया रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट गोप्य सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले बी आर ५० एस ८४०६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट प्रहरीले १ सय रूपैयाँ दरको नेपाली नक्कली नोटको १६ बिटा बरामद भएको प्रहरी डीएसपी कार्कीले बताए । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया