खोटाङलाई अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान सुरु
भरुवा बन्दुक सङ्कलन !
खोटाङ - जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार भरुवा बन्दुक सङ्कलन अभियान सुरु गरेको छ । वन्यजन्तुको चोरी शिकारी तथा जिल्लामा हुनसक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान सुरु गरेको हो ।
प्रशासनले सुरु गरेको अभियानअन्तर्गत बिहीबार मात्रै ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका स्थानीय बासिन्दाको घरबाट १७ थान अवैध भरुवा बन्दुक सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । “अवैध हातहतियार सङ्कलन अभियान जिल्लाका दशवटै स्थानीय तहमा चलाइएको छ”, उनले भने, “पहिलो चरणअन्तर्गत जलेश्वरीको एउटै गाउँबाट सात थान साबुत र दश थान बेसाबुत अवैध भरुवा बन्दुक सङ्कलन गरिएको छ ।”
प्रशासनले सुरु गरेको अभियानलाई सहयोग गर्न जलेश्वरीका स्थानीय बासिन्दाले आफ्नो घरमा राखेका अवैध भरुवा बन्दुक आफैँले प्रशासनमा ल्याएर बुझाएको प्रजिअ शर्माले बताए । प्रशासनले सुरु गरेको अभियानमा अवैध हातहतियार बुझाउने नागरिकलाई पुरस्कृत गरिनेसमेत प्रजिअ शर्माले जानकारी दिए ।
अभियानमा सङ्कलन गरिएका अवैध भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय खोटाङमा सुरक्षित राखिने आज प्रशासनमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । प्रशासनद्वारा सङ्कलित भरुवा बन्दुक जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साल, पत्रकारलगायतको उपस्थितिमा सार्वजनिक गरिएको छ ।
प्रशासनले सुरु गरेको अवैध हतियार सङ्कलन अभियानमा स्थानीय तहका जनप्रतिनिधिको समेत साथ हुनुपर्ने वरिष्ठ पत्रकार डम्बरसिं राईले बताए । “जिल्लाका कतिपय ठाउँमा प्रहरीकै संलग्नतामा चोरी शिकार हुने गरेको सूचनाहरु आएका छन्”, उनले भने, “यसप्रति सम्बन्धित निकायले तत्काल छानबिन गरी कडाइका साथ कारबाही गर्नुप¥यो । यसमा जनप्रतिनिधिको साथ अनिवार्य चाहिन्छ ।”
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका अधिकांश लेकाली भेगमा अवैध हतियार रहेको सूचनाका आधारमा सङ्कलन अभियान सुरु गरिएको प्रशासनले जनाएको छ । स्थानीय बासिन्दाले प्रशासनमा बुझाएको भरुवा बन्दुक काम नलाग्ने भएपछि बुझाएको देखिएको छ ।
जिल्ला प्रशासनले अवैध हतियार सङ्कलन अभियान सुरु गर्नुअघि प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित दर्जनबढी स्थानीय बासिन्दालाई पक्राउ गरेको थियो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र भरुवा बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थसहित गत जेठ १ गते उनीहरुको घरबाटै पक्राउ गरेको थियो ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई गत साउन–११ गते भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो । घरमा अवैधरूपमा भरुवा बन्दुकसहित खरखजना लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ परेका वडा सदस्य बानियाँसहित तीन जनालाई जिल्ला अदालतले धरौटीमा छाडेको छ ।
पछिल्लो समय जिल्लामा भरुवा बन्दुक प्रयोग गरी चोरी शिकार गर्ने व्यक्तिको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्रोतले जनाएको छ । पर्याप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीय बासिन्दाले मनोरञ्जनका लागि मृग, थार, घोरल, खरायो, कालिजलगायतको शिकार गर्ने गरेको स्रोतको दाबी छ ।
जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारीहरु बास बस्दै शिकार गर्ने गरेको स्रोतले जनाएको छ । अवैधरूपमा चोरी शिकार गर्ने क्रम बढेपछि जिल्लामा लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ । रासस

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_cN4NbDBDsj_5hjj3ghewdbvd9sbjjt7osc57ej4iwc0g9byxftob69pxmctgcy61abhdxaj.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_6dm3zfkYHc_30v3hru7st1vji1m0wppnutswjbnuw7wuo73g4uo5xykhwjm3ilt4xqllvqk.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया