झापाको बिर्तामोडबाट युट्युबर पक्राउ

झापा – व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोपमा झापास्थित बिर्तामोडबाट युट्युबर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र नाम नखुलेका एकजना रहेका छन् । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका बेला कोठामा प्रवेश गरी बिनाअनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने इलाका प्रहरी कार्यालयका प्रमुख, डीएसपी सन्तोस आचार्यले जानकारी दिए । १ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत गोपनीयता हनन् भएको भन्दै पीडितले दिएको सुचनाका आधारमा युट्युबर प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
युट्युबरले आफूहरूको व्यक्तिगत कुरा बाहिर ल्याएको भन्दै भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । घटनामा संलग्न थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया