प्राविधिकतर्फका चार उपसचिव सहसचिवमा बढुवा

काठमाडौँ – सरकारले प्राविधिकतर्फका चार जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । कर्मचारी बढुवा सिफारिस समितिको सिफारिसका आधारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत चार जना उपसचिवलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा बढुवा गरेको हो ।
इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिनियर डिभिजनल इन्जिनियर (उपसचिवस्तर) का कर्मचारी हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदारकुमार श्रेष्ठलाई प्राविधिक (सहसचिवस्तर)मा बढुवा गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

प्रतिक्रिया