इजरायल जान आवेदन दिएकामध्ये ८,६९९ जान नपाउने, भदौ अन्तिम सम्ममा परीक्षा

काठमाडौँ- इजरायल वैदेशिक रोजगारीमा जान आवेदन दिएका मध्ये आठ हजार ६ सय ९९ जना नेपाली कामदार इजरायल जान नपाउने भएका छन् । कुल ९ हजार ६ सय ९९ जनाले 'केयर गिभर' को लागि इजराय जान आवेदन दिएका थिए ।
आवेदन दिनेहरूको भदौ अन्तिमसम्म परीक्षा लिइने भएको छ र परीक्षामा उत्तीर्णमध्ये जम्मा एक हजारले इजरायलमा रोजगारीको अवसर पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले फारम भरेकाहरूको प्रमाणीकरण गर्ने काम गरिरहेको निर्देशक डम्बरबहादुर सुनुवारले इकागजलाई बताए । उनकाअनुसार धेरै आवदेदकको फारम अस्वीकृत पनि हुन सक्छ । प्रक्रिया पुर्याएका आवेदकले परीक्षामा सामेल हुन पाउने उनको भनाइ छ ।
'परीक्षार्थीलाई इमेल मार्फत परीक्षा केन्द्र र परीक्षा मितिको जानकारी दिइन्छ,' सुनुवारले भने,' एक हजार ६ सय ८० जनालाई अन्तवार्ता लिइन्छ । परीक्षामा पास भएका मध्येलाई मेरिटका आधारमा नम्बर दिइन्छ ।'
इजरायल जाने १४ सय संख्या कामदारलाई रोष्टरमा राखिने उनले उनले बताए । 'रोष्टरमा रहेका मध्येबाट एक हजार कामदार मात्र जान पाउँछन्,' सुनुवारले थपे।विभागले भदौ अन्तिम सम्ममा आवेदकको परीक्षा लिने गरी तयारी गरिरहेको छ । 'फारमको भेरिफिकेसनको काम चाँडै सकिएमा भदौँ सम्ममा जसरी परीक्षा लिइन्छ,' सुनुवारले भने ।
स्थानीय प्रशासन, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग परीक्षा लिनका लागि समन्वय भइरहेको उनले बताए । परीक्षा गर्ने अनुमति पाउनसाथ परीक्षा मिति सार्वजनिक गरिने उनले प्रस्ट पारे । नेपाली कामदारलाई केयर गिभरमा मात्र लान लागेको सुनुवारले उल्लेख गरे । अन्य क्षेत्रका लागि कामदारको माग नभएको उनले दाबी गरे । कृषि क्षेत्रमा पनि कामदारको माग आउन लागेको उनले जानकारी दिए ।
इजरायल जानका लागि कल्याणीकारी कोषमा महिलाले २५ सय र पुरुषले ३२ सय शुल्क बुझाउनुपर्ने उनले जानकारी दिए ।
गत वर्षको असोजमा इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिलार र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र केही दिन अघि मात्र आवेदन भर्ने समय सकिएको थियो ।
केयर गिभरम जानेले मासिक तलब करिब दुई लाख पाउनेछ्न् । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया