भोटखोला जोड्ने कोशी राजमार्ग सञ्चालन
किमाथाङ्का : सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ । सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो ।
उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोला जोड्ने कोशी राजमार्ग आज विहानदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
सो राजमार्ग अवरुद्ध हुँदा मकालुका केही वडा र भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको थियो । मकालु–३ का हेदाङनामा रोकिएका दर्जनौँ सवारीसाधन अहिले आ–आफ्नो गन्तव्यतिर लागेको मकालु–३ स्थानीय हित कार्कीले जानकारी दिए ।
सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ । रासस

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_cN4NbDBDsj_5hjj3ghewdbvd9sbjjt7osc57ej4iwc0g9byxftob69pxmctgcy61abhdxaj.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_6dm3zfkYHc_30v3hru7st1vji1m0wppnutswjbnuw7wuo73g4uo5xykhwjm3ilt4xqllvqk.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया