सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति, मुख्यमन्त्री डा. रावल

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा एमाले समाजवादी पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले गर्ने सहमति बनेको हो ।
माओवादीका तर्फबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका त्रिलोचन भट्ट भदौ महिनाभित्र मुख्यमन्त्री पदबाट हट्ने माओवादी उच्च स्रोतले जानकारी दिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिना अघि नै मुख्यमन्त्री भट्टलाई पद छोड्नका लागि मानसिक रूपमा तयार हुन सुझाव दिएको स्रोतले बतायो ।
यता कांग्रेस दलका नेता रावलले पनि सरकार गठनका लागि छलफल सुरु गरिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार अघि बढ्ने रावलले बताए ।
अब बन्ने सरकारमा कांग्रेससँगै माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी, जनता समाजवादी सहभागी हुने रावलले बताए ।
माओवादीबाट सरकारमा सहभागी हुनेहरूको नेतृत्व बीरमान चौधरीले गर्नेछन् । अध्यक्ष दाहालले यसमा बीरमानलाई आश्वस्त पारेका छन् । बीरमान पटकपटक मुख्यमन्त्री बन्ने हल्ला भएपनी अहिलेसम्म पद र अवसरबाट बञ्चित रहदै आएका छन् ।
प्रदेशमा रहेका ५३ जना सांसद मध्ये कांग्रेसका १२, माओवादी केन्द्रका १३ र जसपाका दुई जना सांसद समेत गरी २७ जनाको संख्या सरकार गठनका लागि पर्याप्त हुने भएपछि केन्द्रमा रहेको चार दलीय गठबन्धन सुदूरपश्चिममा पनि कायम राख्दै एमाले समाजवादी समेत सरकारमा सहभागी हुने श्रोतले जानकारी दिएको छ । अहिलेसम्म समाजवादीमा आवद्ध हुने सांसदहरूको संख्या भने यकिन भइसकेको छैन ।
प्रदेश १ र ३ मा एमाले समाजवादी, २ मा जनता समाजवादी, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी केन्द्र, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने चार दलीय गठबन्धनको सहमती अनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउन लागेको हो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया