सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

आलीतालमा पहिरो खस्दा भिमदत्त राजमार्ग अवरुद्ध

कैलाली - बिहीबारदेखि परेको अविरल बर्खाका कारण पहिरो खस्दा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गको आलिताल गाउँपालिका -१ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । 

सडक विभागको स्काभेटरद्वारा अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जाननकारी दिए । राजमार्गको ठाउँ-ठाउँमा पहिरो गएका कारण  सयौ यात्रु तथा दर्जनौ सवारीसाधन अलपत्र परेको उनले बताए ।