सेयर कारोबार चार दिनलाई बन्द

काठमाडौँ – सेयर कारोबार चार दिनका लागि बन्द हुने भएको छ । शुक्रबार र शनिबार सेयर बजारमा नियमित बन्द तथा आइतबार र सोमबार सार्वजनिक बिदा परेका कारण चार दिनका लागि सेयर कारोबार बन्द हुने भएको हो ।
आइतबार जनैपूर्णिमा तथा सोमबार गाईजात्राको बिदा परेका कारण दुई दिन सेयर बजार बन्द हुने भएको हो । साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ।
नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार ३१८० बिन्दुमा आइपुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। यस्तै, सेयर कारोबार पनि घटेर २० अर्ब ५० करोड रुपैयाँमा झरेको छ। बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया