स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा कोभिड-१९ रोकथाम समिति गठन

काठमाडौँ – कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी छन् ।
यस्तै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रामपदारथ विछा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. वासुदेव उपाध्याय, औषधी व्यवस्था विभागका भरत भट्टराई, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट डा. रुद्र मरासिनी उच्च स्तरीय समितिको सदस्यको रूपमा रहेका छन्।
कोभिड महामारी व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि समिति गठन गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया