आक्रमणमा परी नाइजरमा ३७ जना मारिए

नाइजर - नाइजरमा भएको आक्रमणको घटनामा परी ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरूले बताएका छन् ।
बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ ।
तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ । युनिसेफलगायत अन्य विभिन्न निकायहरूले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् ।
विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई आग्रह गरेका छन् ।
“बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,” युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया